एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल « Khabarhub

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले एमालेलाई क्रान्तिकारी र एकताबद्ध पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनको मुख्य कार्यभार यही भएको उनको धारणा छ । ‘अहिले हामी ११ औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा छौँ, वर्तमानको हाँकलाई सामना गर्न सक्ने नेतृत्व चयन गरी पार्टीलाई क्रान्तिकारी र एकताबद्ध बनाउन पहल गरौँ’, पोखरेलको आह्वान छ ।

एमालेको राजनीतिक कार्यदिशा– शान्तिपूर्ण, संवैधानिक प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गरी सरकार निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने भएको स्पष्ट पार्दै उनले संसदीय निर्वाचन मार्फत जाने एमालेको कार्यदिशा भएको स्पष्ट पारेका छन्।

कम्युनिष्ट पार्टी खुला भएको बताउँदै खुला पार्टी निर्माण गर्दा कम्युनिष्ट पार्टीभित्र प्रवेश गर्ने सामन्तका अवशेष, दलाल पुँजीपति, बुर्जुवा वर्गले, उपभोक्तावादी शिक्षा प्रणालीबाट दीक्षित विद्यार्थी, युवा र व्यावसायिकता नाममा दलाल पुँजीपतिसँग मितेरी लगाउने पोखरेलको धारणा छ । उनीहरू बाहिरी रूपमा क्रान्तिकारी देखिए पनि पुरानो पुँजीपति वर्गका भूतपूर्व सदस्यहरू हुने उनले बताएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ०७ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक