शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु « Khabarhub

शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिकामा शिलान्यास भएको चार वर्षपछि ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण सुरु गरिएको छ ।

स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा दुई करोड ६४ लाख ५० हजारको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो ।

एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल निर्माण गर्न लागिएको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए ।

आगामी भदौभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ ।

निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर रावलले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : २६ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा