मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन « Khabarhub

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरूप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । 

राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई किलोमिटर सडक बन्न सकेको छैन । 

सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीय धुलोमा बस्नुपरेको र विकाससमेत अवरुद्ध बनेको भन्दै सङ्घर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम आयोजना गरेको हो । यसअघि सङ्घर्ष समितिले सडक निर्माण हुनुपर्ने र सहजिकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार र नगरपालिका समक्ष ज्ञापनपत्रसमेत बुझाइसकेको जनाएका छ । 

नगरपालिकामा पटकपटक यस विषयमा ध्यानाकर्षण पत्र बुझाइसकिएको भए पनि यस विषयमा स्थानीय तहले कुनै सकारात्मक कदम नचालेको सङ्घर्ष समितिको गुनासो छ । बजार क्षेत्रबाहेक अन्यत्र निर्माण कार्य पूरा भइसकेको सडकको छोटो खण्ड निर्माण हुन नसक्दा यात्रु र सवारीसाधनलाई कठिन भएको, धुलो र सडकमा पानी जम्ने खाल्डाखुल्डी भएका कारण समस्या भएको स्थानीयको भनाइ छ । 

मध्यपहाडी लोकमार्गमा परेको सडक भएका कारणले यहाँ स्थानीय सरकारले समेत मर्मत गर्न नमान्दा सडकको अवस्था झनै नाजुक बन्दै गएको छ । सोही सडक निर्माण हुन नसकेमा सधैँ पछाडि परिने भन्दै स्थानीयले अबिलम्ब सडक निर्माणको माग गरेका हुन् ।

स्थानीयले आफू कहाँ आएको विकासलाई रोक्न नहुने भन्दै गरिएको आन्दोलनलाई अधिकांश व्यक्ति, नागरवासी र जिल्लावासीले सकारात्मक रुपमा लिएको भन्दै आफूहरूले समेत साथ दिने बताएका छन् । 

सडक बनाउनुपर्ने दबाब दिनका लागि गठित ११ सदस्यीय सङ्घर्ष समितिले बुधबारबाट चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत तय गरेको छ । सङ्घर्ष समितिको संयोजकमा राजेन्द्र केसी, सहसंयोजक चित्रबहादुर केसी रहेका छन् ।  

सङ्घर्षका कार्यक्रमअनुसार मङ्सिर २६ गते सुन्दरबजार नगरपालिकाको कार्यालय प्रवेश गरी बिहान ९ः०० देखि ११ः०० बजेसम्म तालाबन्दी गर्ने कार्यक्रम तय भएको छ भने मङ्सिर २७ गते खत्रीठाँटीदेखि क्याम्पस गेटसम्म शान्तिपूर्ण रुपमा प्लेकार्डसहित नारा जुलुस गर्ने र मिलनचोकमा कोणसभा गरी सडक निर्माणको पहल गर्न सम्बन्धित निकायहरूलाई दबाब दिने कार्यक्रम तय भएको बताइएको छ । 

चरणबद्ध रुपमा आन्दोलन गर्दासमेत सडक निर्माणमा कुनै पहल नभएमा बाँकी कार्यक्रम तय गरिनेसमेत समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १२ : ४७ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा