फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस « Khabarhub

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १ बाट नेपाली कांग्रेसले प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल (टीका) को नाम सिफारिस गरेको छ । 

क्षेत्रीय कार्यसमिति, जिल्ला नेतृत्व, महिला संघ, युवक संघ तथा स्थानीय जनप्रतिनिधिहरूको सहमतिमा कँडेलको नाम अगाडि सारिएको बताइएको छ ।

पार्टी संरचनामा ‘नयाँ पुस्ताको ऊर्जा, स्थानीय सम्पर्क सञ्जाल, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच’ले नेतृत्व रूपान्तरण आवश्यक रहेको तर्क प्रस्तुत गर्दै कँडेललाई प्रत्यक्ष प्रतिस्पर्धाका लागि सिफारिस गरिएको बताइएको छ । 

कँडेल हाल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवामा नीति–संरचना, सहभागिता, रोजगार र नेतृत्व विकासका मुद्दामा सक्रिय छिन् । त्यसैगरी, ग्रामीण तथा सीमावर्ती क्षेत्रका महिलामा आर्थिक आत्मनिर्भरता, कानुनी पहुँच र नेतृत्व सीप विकासमा उनको निरन्तर संलग्नता रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : २९ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले