ईश्वर पोखरेलको समूहबाट प्रतिस्पर्धामा उत्रने छौँ : गोकर्ण विष्ट « Khabarhub

ईश्वर पोखरेलको समूहबाट प्रतिस्पर्धामा उत्रने छौँ : गोकर्ण विष्ट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा नेतृत्व हस्तान्तर र रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

उनले ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए । यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको उनको भनाइ छ । 

विष्टले लोकतान्त्रिक अभ्यास गर्दा पछि परेका नेताहरूलाई निषेध गर्ने परिपाटीलाई अन्त्य गर्दै सबैलाई समेटेर महाधिवेशनपछि पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिकिर गरे । 

उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ४६ बजे

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

सुदूरपश्चिम– दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी

आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना