ईश्वर पोखरेलको समूहबाट प्रतिस्पर्धामा उत्रने छौँ : गोकर्ण विष्ट « Khabarhub

ईश्वर पोखरेलको समूहबाट प्रतिस्पर्धामा उत्रने छौँ : गोकर्ण विष्ट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा नेतृत्व हस्तान्तर र रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

उनले ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए । यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको उनको भनाइ छ । 

विष्टले लोकतान्त्रिक अभ्यास गर्दा पछि परेका नेताहरूलाई निषेध गर्ने परिपाटीलाई अन्त्य गर्दै सबैलाई समेटेर महाधिवेशनपछि पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिकिर गरे । 

उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ४६ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै