बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम   « Khabarhub

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

छोरीको जन्म दर्ता र आमाको मृत्यु दर्ता सम्पन्न 


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर घटनाको यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारूकी ७ वर्षीया छोरी अनिता थारूको जन्मदर्ता र मृतक अन्जु थारूको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ।

समिति सदस्य तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा आएर हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अन्जुको छोरीको जन्म दर्ता र अन्जुको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ। हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको मृत्यु दर्ता र उनको छोरीको जन्म दर्ता (अन्जुको श्रीमान अनिलको नामबाट) जन्म दर्ता गरिएको पनि समिति सदस्य अर्याल जानकारी दिए।
  
‘आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अन्जुकी बुवाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं,’ अर्यालले भने।  

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पुर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् । 

गृह मन्त्रालयको मङ्सिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ०५ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर