सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल « Khabarhub

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताएकी छन् ।

प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताइन्। 

सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट पारिन्।

 गत भदौ २०-२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनलगायत दस्तावेजमा छलफल भइसकेकाले अहिलेको राष्ट्रिय महाधिवेशनमा दस्तावेजमाथि छलफल नहुने उनले उल्लेख गरिन्।

बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलको विधिबाट हुने उनको भनाइ छ । एमालेको ११ औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।
 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ११ बजे

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनु पर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई