सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार « Khabarhub

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे सम्झौता अस्वीकार गरेको छ । सहमति पूर्ण रूपमा एकतर्फी, अवैध र आन्दोलनको मूल भावना विपरीत भएको दाबी उक्त मोभमेन्टले गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, सार्वजनिक संस्थाहरूको पुनरसंरचना र यी संरचनागत सुधार भएपछि मात्रै निर्वाचनमा जाने मुख्य एजेन्डा कुनै पनि रूपमा सम्बोधन नगरिएको वक्तव्यमा उल्लेख छ । ।

जेन(जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएको, करिब २३०० जना घाइते भएको परिस्थितिमा यस्तो असम्बद्ध सम्झौता जनताका बलिदानमाथिको धोका रहेको उसले जनाएको छ ।

वक्तव्यमा भदौ २७ गते षड्यन्त्रपूर्वक चुनावी सरकार गठन गरिएको आरोप पनि लगाइएको छ । सुशीला कार्की र ओमप्रकाश अर्यालले शक्ति कब्जा गर्दै विद्रोहको राजनीतिक सार अपहरण गरेको दाबी गर्दै सम्झौता त्यही अपहरणको औपचारिकता मात्र भएको आरोप लगाइएको छ ।

सम्झौता कार्यक्रममै जेन(जी मुभमेन्ट नेपालका सह–संयोजक अजय सोडारीले सम्झौता च्यातेर विरोध गरेका छन् ।

संगठनले सम्झौतालाई अमान्य घोषणा गर्दै, संरचनागत माग पूरा नगरी कुनै पनि राजनीतिक व्यवस्था, चुनाव वा सत्ताको पुनर्गठन जनताले स्वीकार्ने नसक्ने स्पष्ट गरेको छ ।

जेन(जी मुभमेन्टले सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन नगरी वर्तमान संवैधानिक र राजनीतिक संकट समाधान नहुने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : १८ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा