आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार सन् २०२५ जनवरी ११ तारिख। पुस शुक्ल पक्षको द्वादशी तिथि। राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ। परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सहज बन्ने योग छ।

मिथुन : सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ। प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : ११ औं स्थानमा चन्द्रमा पुगेकाले शान्त भएर काम गरेमा दिन सहज बन्नेछ। काम गर्दा धैर्यता आवश्यक हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ। परिवारसँगको घुमघामले खर्च बढ्नेछ। गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ। परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ।

कन्या : मुल त्रिकोणमा चन्द्रमा र वृहस्पति पुगेका छन्। आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : अप्रिय समाचार सुन्नाले मन अशान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन सहज छ। सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ। विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्ने समय छ। व्यापारमा गरेको लगानी बढ्नेछ। लगानी विस्तार हुँदा मन शान्त बन्नेछ। सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : १३ बजे

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।