धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न ! | Khabarhub Khabarhub

धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न !


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – कुनै पनि घटनाको सत्य तथ्य पता लगाई दोषीलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । तर, अपराध अनुसन्धान सुक्ष्म तरिकाले नगरेको भन्दै बेला-बेला धनुषा प्रहरीमाथि नै गम्भीर प्रश्न उठ्दै आएको छ ।

एक महिनाअघि प्रहरी जवानकै आमाको विभत्स हत्या भएको घटनामा प्रहरीले गरेको अनुसन्धानप्रति पीडित परिवार नै सन्तुष्ट छैन ।

यस्तै; एक वर्ष अगाडि हत्या गरी फलिएको अवस्थामा फेला परेको शवको पहिचान समेत खुलाउन नसकेपछि प्रहरी हत्यारासम्म पुग्न असफल देखिएको छ ।

गएको मङ्सिर १९ गते बिहान धनुषाको बिदेह नगरपालिका मुडिवाकी रामपरी देवी ठाकुरको शिर छेदन र निर्वस्त्र अवस्थामा शव फेला पर्‍यो ।

घटनाको जानकारी पाएलगत्तै अपराध अनुसन्धान, स्थलगत मुचुल्का तयार पार्न घटनास्थल पुगेका प्रहरीले मृतकको शीर र बाँकी शरीर २०५ मिटरको फरकमा फेला पारेको थियो ।

हत्यामा प्रयोग भएका घरेलु हतियार, रगत लागेको कपडा, मोबाइल लगायतका सबुत प्रमाण पनि प्रहरीले सङ्कलन गरेको थियो ।

 घटनामा संलग्न रहेको भन्दै सोही गाउँका ५५ वर्षीय सगमलाल पासवानलाई प्रहरीले नियन्त्रणमा लियो । पासवानसँगै सोही ठाउँका ४५ वर्षीय शिवजी पासवान र शहीद नगरनगरपालिका, नेमुवा टोलका ५५ वर्षीय रामदेव ठाकुरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर, जिल्ला अदालत धनुषाले पासवानलाई पुर्पक्षका लागि कारागार पठाए पनि दसीप्रमाण नपुगेको भन्दै शिवजी पासवान र रामदेव ठाकुरलाई धरौटीमा रिहा गर्‍यो ।

दसीप्रमाण नपुगेको भन्दै अदालतले धरौटीमा रिहा गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले चाहिँ दसीप्रमाण जुटाएको बताए ।

डीएसपी सिंहले भने, ‘हामीले प्रमाण जोड्न नसकेको भए ती मान्छे घटनामा आफ्नो सङ्लग्नता छ भनी स्वीकार गर्ने अवस्थामा थिएनन् । हामीले प्रमाण जोड्यौँ । त्यो घटनासँग जोडिएका चिज, वस्तु, दशीहरू जडिसकेपछि मात्रै दुवैजनाले आफू त्यसमा सङ्लग्न रहेको स्वीकारेका थिए। हामीले पूर्ण रूपमा निष्पक्ष ढंगले अनुसन्धान गरेका छौँ ।’

दसीप्रमाण जुटाउन नसकेको अदालतले जनाएपछि प्रहरी अनुसन्धानप्रति पीडित परिवार र जनप्रतिनिधिको असन्तुष्टि छ ।

शवको प्रकृति र टाउको काटेर गरिएको विभत्स हत्यामा सगमलाल पासवान मात्र नभइ थप अरू पनि सङ्लग्न हुन सक्ने, तर प्रहरीले उनीहरूलाई उन्मुक्ति दिएको पीडित परिवारको आरोप छ ।

मृतक रामपरी देवीका भाइ रामनरेश ठाकुरले घटनामा संलग्नहरूलाई प्रहरीले उन्मुक्ति दिने प्रयास गरेको आरोप लगाए ।

ठाकुरले भने, ‘कहीँ न कहीँ घटनामा दोषीलाई उन्मुक्ति दिलाउन स्थानीय राजनीतिक प्रभाव परेको देखिन्छ । यस्तो जघन्य अपराधमा पनि एसपी साहेबले किन चासो लरिराख्नु भएको छैन ? केही न केही गढबढी छ । ’

वि.सं. २०७५ कात्तिक २९ गते रामपरी देवी ठाकुरका छिमेकी ६७ वर्षीय मानैर ठाकुरको पनि गाउँकै लक्ष्मी मण्डलकी श्रीमतीको हत्या काण्डमा जिल्ला अदालत धनुषामा बकपत्रको पूर्वसन्ध्यामा हत्या भएको थियो ।

शरीरको विभिन्न भागमा घाउखत रहेको अवस्थामा ठाकुरको शव घरदेखि करिब ३०० मिटर पश्चिमतर्फ रहेको सामुदायिक विद्यालयको छेउमै रहेको खाडलमा फेला परेको थियो ।

मुडिवामा एकपछि अर्काे हत्याको घटनाले स्थानीयमा भय त्रास छ भने दबाब र प्रभावमा परेको प्रहरीको अनुसन्धान नै कमजोर रहेको पीडित परिवार, जनप्रतिनिधि र स्थानीयको आंशका छ ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले समेत प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । उनले घटनामा संलग्नहरू खुलेआम गाउँघरमा घुमिरहेको र प्रहरी राजनीतिक प्रभावमा परेर निर्दोषलाइ जबरजस्ती फसाउने गरेको आरोप लगाए ।

यता २०८० मसिंर १२ गते भारतसँग जोडिएको धनौजी गाउँपालिकाको भडरियामा अन्दाजी ३५ वर्षीय र २०८० मसिंर १७ गते नै पूर्वपश्चिम राजमार्गसँग जोडिएको मिथिला नगरपालिकाको श्रीपुर नजिक औरही खोलाको छेउमा जलेको अवस्थामा ३५ वर्षीय महिलाको शव फेला परेको थियो ।

अहिलेसम्म दुवै शवको पहिचान खुलेको छैन भने सनाखत हुन नकसेपछि अपराधीसम्म पुग्न प्रहरीलाई सकस छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : ५१ बजे

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा – इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

 काठमाडौं – नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन

 आजका समाचार : सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी, वामपन्थी शक्ति एकीकृत गर्ने प्रयास, लस एन्जलसमा कर्फ्यु  

राप्रपाको चियापनमा प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’

जनकपुरधाम– सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको