माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश « Khabarhub

माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार विराटनगरमा जारी नेकपा (एमाले) को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् ।

विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए। 

उनलाई नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गरेको  नेकपा (एमाले) कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए । 

त्यस्तै नेकपा (एमाले) कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महनिे जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ । 

माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए। 

राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखिकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने राईले जानकारी गराए।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : १९ बजे

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक