उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न « Khabarhub

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ ।

नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ । पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला, कविता वाचन, हाजिरीजवाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : ५० बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने

अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण