प्रचण्ड भन्छन्- माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ  « Khabarhub

प्रचण्ड भन्छन्- माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको बताएका हुन् । 

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताए । 

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उनले भने,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’

उनले अहिलेको सरकार भ्रष्टहरूको सरकार भएको आरोप लगाए । 

‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन,’ उनले भने,‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’

सरकारले अध्यादेश ल्याएर सदनको अबमूल्याङ्न गरेको उनले बताए । ‘अहिले अध्यादेशका विधेयक राष्ट्रियसभामा गएर अड्किएका छन्,’ उनले भने,‘सरकारले धेरै अंहकार नगरे हुन्छ ।’

अहिले आर्थिक रूपमा देश पछाडि धकेल्ने काम भएको सरकारले विकास बजेट कटौती गर्न लागेको उनले बताए।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ४५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल