नेपालमा झन्‌ बढ्यो भ्रष्टाचार, १०७औं स्थानमा झर्‍यो « Khabarhub

नेपालमा झन्‌ बढ्यो भ्रष्टाचार, १०७औं स्थानमा झर्‍यो

गत वर्षभन्दा एक स्थान तल


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपालमा भ्रष्टाचार थप बढेको एक अन्तरराष्ट्रिय प्रतिवेदनले जनाएको छ ।

भ्रष्टाचार अन्त्य गर्न १०० भन्दा बढी देशहरूमा काम गरिरहेको विश्वव्यापी आन्दोलन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मङ्गलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सुचकाङ्क २०२४’ मा भ्रष्टाचारमा नेपाल गत वर्षभन्दा एक स्थान तल खस्किएको उल्लेख छ ।

ट्रान्सपरेन्सीले यो सूचकाङ्क तयार गर्न १८० देशको भ्रष्टाचार अवस्था मूल्याङ्कन र तुलना गरेको थियो । १८० देशमध्ये नेपाल सुशासन वरीयताको १०७औं स्थान झरेको छ । गत वर्ष नेपाल १०६औं स्थानमा थियो ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । नेपालको उत्तरी छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।

नेपालको यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रूपले काम-कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याएको ट्रान्सपरेन्सीले जनाएको छ ।

सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अङ्कित भएको छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । विगत ५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् ।

सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् । सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ ।

कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको छ ।

यो पनि –

विधिको शासन उल्लङ्घनमा ओलीलाई उछिन्दै प्रचण्ड

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : १६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको