बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक  « Khabarhub

बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मंगलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।

संगठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदै छ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।

‘पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधिहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्’, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ। डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ ।

‘धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच थिएन’ डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने । प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन्। ‘यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधि जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ’, डब्लुएचओले भनेको छ ।

डब्लुएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ।प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो । यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बीचको संयुक्त उद्यम हो । 

गैर–नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ५२ बजे

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ ।