कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध « Khabarhub

कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

गाजा – सोमबार कतारमा गाजा क्षेत्रमा युद्ध विरामका लागि वार्ता भएको समयमा इजरायलले गाजामा भइरहेको राहत वितरणमा अवरोध गरेको छ।

इजरायलले गाजामा बिजुली बत्तीको लाइन काटेको छ। यसले त्यहाँ बत्ती र पानी दुवैको अभाव देखिएको छ। संसार भरका धेरै देशले यो कामको आलोचना गरेका छन्।

यमनको हाउथी समुदायले भने इजरायलले गाजामा राहत वितरणमा गरिएको अवरोध अन्त्य नगरे यसले रेड सी मार्फत् इजरायलमा आक्रमण गर्ने जनाएको छ। इजरायलले सिरियामा समेत आक्रमण गरेको छ।

सिरियाको समाचार संस्थाले जनाए अनुसार इजरायली जेटले सिरियाको दक्षिणी क्षेत्र डाराका जवर र इजारामा आक्रमण गरेको हो।

कतारले अहिले गाजामा राहत वितरणमा गरिएको अवरोधको लक्ष्य भोकमरी निम्त्याउने भएको आरोप लगाएको छ। इजरायलको यो कदमको सर्वत्र आलोचना भएको छ।

एमनेस्टीले यसलाई अन्तर्राष्ट्रिय मानवता विरोधी कानुनको उल्लङ्घन भएको ठहर गरेको छ। साथै इजरायल नरसंहार उन्मुख भएको बताएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका