दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’ « Khabarhub

राजा ल्याउन जुटेकाहरू विभाजित

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् ।

उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको भन्दै उनीहरूको दोहोरो चरित्र भएको आरोप लगाए ।

प्रसाईँले तत्कालीन राप्रपाका नेताहरू गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आइपुगेको जिकिर गरेका छन् । 

उनले माहोल बनेपछि आएका थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले राजसंस्था स्थापना गर्ने आन्दोलन साँच्चै गर्ने हो भने राप्रपाले सांसद पदबाट राजीनामा गरेर आउन चुनौती दिए ।

उनले राप्रपासँग हात नमिलाउने समेत पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ०६ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको