दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’ « Khabarhub

राजा ल्याउन जुटेकाहरू विभाजित

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् ।

उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको भन्दै उनीहरूको दोहोरो चरित्र भएको आरोप लगाए ।

प्रसाईँले तत्कालीन राप्रपाका नेताहरू गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आइपुगेको जिकिर गरेका छन् । 

उनले माहोल बनेपछि आएका थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले राजसंस्था स्थापना गर्ने आन्दोलन साँच्चै गर्ने हो भने राप्रपाले सांसद पदबाट राजीनामा गरेर आउन चुनौती दिए ।

उनले राप्रपासँग हात नमिलाउने समेत पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ०६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द