रौतहटमा दुनाटपरीको माग उच्च « Khabarhub

रौतहटमा दुनाटपरीको माग उच्च


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट– हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना टपरीको माग अत्यधिक बढेको छ ।

समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुनाटपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ ।

हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताए ।

‘यहाँ उत्पादन भएको दुना टपरीको माग थेगिनसक्नु छ’, उनले भने, ‘ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।’

समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य चार, ठूलो दुनाको दुई र सानो दुनाको एक रुपैयाँ बजार मूल्य तोकिएको छ ।

समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रति टपरी दुई रुपैयाँ लिँदै आइरहेको छ ।

दुना टपरी बनाउने उपकरण चलाउँदै आइरहेकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताइन् ।

टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० साल जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक ६ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ४७ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका