रौतहटमा दुनाटपरीको माग उच्च « Khabarhub

रौतहटमा दुनाटपरीको माग उच्च


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट– हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना टपरीको माग अत्यधिक बढेको छ ।

समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुनाटपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ ।

हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताए ।

‘यहाँ उत्पादन भएको दुना टपरीको माग थेगिनसक्नु छ’, उनले भने, ‘ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।’

समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य चार, ठूलो दुनाको दुई र सानो दुनाको एक रुपैयाँ बजार मूल्य तोकिएको छ ।

समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रति टपरी दुई रुपैयाँ लिँदै आइरहेको छ ।

दुना टपरी बनाउने उपकरण चलाउँदै आइरहेकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताइन् ।

टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० साल जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक ६ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ४७ बजे

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको