कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस् « Khabarhub

कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस्


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नचाहिने काममा हात हाल्न नहुने बताएका छन् ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडबल गरेको सन्दर्भमा गगनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै प्रबन्ध निर्देशक घिसिङको विषयमा सरकारले अनावश्यक हात हालेको संकेत गरेका हुन् । अन्य सांसदले घिसिङलाई अनावश्यक रुपमा चिढ्याएको बताएपछि थापाले पनि यस्तो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्काले घिसिङलाई हटाउन सबै किसिमका उपाय लगाइरहेका बेला थापाले नचाहिने काममा हात नहाल्न भनेका हु्न् ।

घिसिङले गरेको काम नदेखेर सरकारले दु:ख दिने काम गरेको भन्दै अन्य सांसदहरूले प्रतिनिधि सभामा आवाज उठाएका थिए ।

‘सरकारको गल्ती छैन भन्दिनँ । तर सबै गल्ती यो सरकारले मात्र गरेको होइन’, उनले भने, ‘तर सरकारलाई म अनावश्यक काम नगर्न र नचाहिँदो काममा हात नहाल्न भन्छु । सरकार र सरकारमा रहेका मन्त्रीहरूले नचाहिने काम नगरेको राम्रो हुन्छ ।’ थापाले जसले जे बोले पनि तथ्याङ्क पल्टाएर हेर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल