शेयर बजारमा अन्तिम १५ मिनेटको औसत मूल्य चैतबाट लागू हुने | Khabarhub Khabarhub

शेयर बजारमा अन्तिम १५ मिनेटको औसत मूल्य चैतबाट लागू हुने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने नयाँ विधि प्रयोग हुने भएको छ । नेप्सेले अन्तिम १५ मिनेटमा भएका कारोबारका आधारमा औसतमा मूल्य तय गर्ने भएको हो । 

अन्तिममा अत्यधिक मूल्य माथि पुराउने र अत्यधिक मूल्य घटाउने गरेकाले गर्दा यस्तो विधि ल्याइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए । 

‘अन्तिम समयमा हुने अत्यधिक मूल्यको उतारचढावलाई मध्यनजर गरेर यो विधि ल्याइएको हो’, पराजुलीले भने, ‘नेप्सेको सञ्चालक समितिको बैठकले पास गरेपछि यो लागू हुन्छ ।’

नेप्से स्रोतले दिएको जानकारी अनुसार चैत १० गतेदेखी उक्त व्यवस्था लागु हुनसक्ने सम्भावना छ । ‘चैत ५/७ गते आसपासमा नेप्सेको सञ्चालक समितिको बैठक बस्ने तयारी छ’, स्रोतले खबरहबसँग भन्यो, ‘चैत १० गतेदेखी लागू गराउने तयारी रहेको छ ।’

अन्तिम १५ मिनेटको औसत मूल्य लागु गर्ने यस अगाडि नै तयारी भएको थियो । तर नेप्सेका सञ्चालक समितिले एक पटक ट्रायल गरेर हेर्नुपर्ने भनेपछि तत्कालाई रोकिएको थियो । 

नेप्से स्रोतले दिएको जानकारी अनुसार ट्रायल सफल भइसकेको छ । ‘आइटी टिमलाई ट्रायल हुने गरी बनाउन दिइएको थियो’, स्रोतले भन्यो, ‘कार्यान्वयन गराउने गरी सफल भइसकेको छ ।’

नेप्सेले औसत मूल्य कायम गर्ने गत फागुन ५ गते नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको थियो । बोर्डले फागुन १५ गते स्वीकृति दिएको थियो । नेप्सेको सञ्चालक समितिले पास गरेपछि भने लागु हुन्छ । तर, त्यहाँ सञ्चालक समितिले रोक्न सक्ने सम्भावना पनि हुन सक्छ । 

नेप्से स्रोतका अनुसार सञ्चालक समिति सामु नेप्सेका कर्मचारीले औसत मूल्यको विषयमा प्रस्तुति दिनेछन् । त्यो प्रस्तुति सञ्चालक समितिले हेरेपछि कार्यान्वयन लागि निर्णय गर्ने छन् । 

नेप्सेको सञ्चालक समितिको अध्यक्षमा शोभाकान्त पौडेल छन् । त्यस्तै सदस्यहरूमा अर्थ मन्त्रालयका प्रतिनिधि मधुसूदन पौडेल, नेपाल राष्ट्र बैंकका प्रतिनिधि ३ जना दीघबहादुर रावल, रोशन कुमार सिग्देल र बिमल ढंगोल छन् । 

साथै, नेप्सेको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँल र नेप्सेका कम्पनी सचिव मुरहरि पराजुली सञ्चालक समितिमा हुन्छन् । 
अध्यक्ष सहित ७ समितिको सञ्चालक समितिको बैठकले औसत मूल्य लागु गर्ने निर्णय गरेपछि  लागू हुने छ ।
  
औसत मूल्य कसरी गणना हुन्छ ? 

औसत मूल्यमा ३ः४५ बजेदेखि ३ बजेसम्म जम्मा कारोबार भएको रकम(रुपैयाँ)लाई कारोबार भएको कित्ताले भाग गरेपछि आउने मूल्य अन्तिम मूल्य हुन्छ । 

हरेक सेकेन्ड सेकेन्डमा भएको कारोबारलाई छुट्टै गणना गरिन्छ । अन्तिम १५ मिनेटमा हरेक कारोबार रकमलाई जोडेर जम्मा कारोबार रुपैयाँ निकालिन्छ । त्यो बिचमा कारोबार भएको कित्ता पनि जोडिन्छ । अनि भाग गरिएपछि अन्तिम मूल्य तय हुन्छ । 

मानौँ कुनै एक कम्पनीको २ बजे ४०० रुपैयाँका दरले १५ कित्ता कारोबार भएको छ । त्यसपछि त्यही कम्पनी २ः४५ मा आएर ३९५ रुपैयाँको दरले ८ कित्ता कारोबार भयो । सो समयमा ३ हजार १६० रुपैयाँको कारोबार भयो । 

सोही कम्पनी २ः५० मा आएर ३८५ रुपैयाँका दरले ७० कित्ता कारोबार हुँदा २६ हजार ९५० रुपैयाँ भयो । २ः५५ बजे सोही कम्पनीको ३९० रुपैयाँमा ६० कित्ता कारोबार हुँदा २३ हजार ४०० रुपैयाँ भयो र ३ः०० बजे ३८० रुपैयाँका दरले ८० कित्ता कारोबार हुँदा ३० हजार ४०० रुपैयाँ भयो ।
 
अब १५ मिनेटको अवधिमा जम्मा २१८ कित्ता कारोबार हुँदा जम्मा ८३ हजार ९१० रुपैयाँ बराबरको कारोबार भयो । अब जम्मा रकम ८३ हजार ९१० रुपैयाँलाई २१८ कित्ताले भाग गर्दा ३८४ रुपैयाँ ९० पैसा हुन्छ ।

औसत १५ मिनेटको अन्तिम मूल्यमा सो कम्पनीको मूल्य ३८४ रुपैयाँ ९० पैसा हुन्छ । अर्को दिन सोही भाउलाई आधार मानेर कारोबार खुला हुनेछ । 

लगानीकर्ताको खुसि 

अन्तिम १५ मिनेटमा औसत मूल्य गणना हुने भएपछि लगानीकर्ता भने खुसी भएका छन् । लगानीकर्ताहरूले आफ्नो माग सम्बोधन भएको प्रतिक्रिया दिएका छन् । 

लगानीकर्ताहरूले लामो समयदेखि मागिरहेको कुरा अहिले सम्बोधन भएको शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् । अन्तिम १५ मिनेटमा औसत गरेर मूल्य निर्धारण हुने भएपछि बजारमा हुने चलखेल रोकिने विश्वास लिएको रौनियार बताउँछन् । 

‘यो त धेरै राम्रो कुरा भयो, हामीले धेरै पहिलेदेखि मागेको माग सम्बोधन भएको हो’, रौनियारले भने, ‘अन्तिममा गएर अत्यधिक बढाउने र घटाउने गरेर बजारमा चलखेल भइरहेको थियो, त्यो रोकिने भयो ।’

औसत गरेर मूल्य निर्धारण गर्नाले बजारलाई फाइदा पुग्ने रौनियारको बुझाई छ । ‘यसले बजारलाई धेरै राम्रो गर्छ’, रौनियार भन्छन्, ‘यसले बजारलाई लामो समयसम्म फाइदा पुराउँछ ।’

विश्व बजारमा चलिआएको चिज नेपाली बजारमा पनि भित्राउँदा शेयर बजारलाई फाइदा पुग्ने रौनियार बताउँछन् । ‘एभ्रेजिङ गर्ने कुरा विश्वभरको शेयर बजारमा छ’, रौनियारले भने, ‘विश्वमा भएका त्यस्ता खालको असल अभ्यासहरू नेपालमा भित्राउँदा बजारलाई राम्रै गर्छ ।’

औसत मूल्य निर्धारण गर्ने कुरा राम्रो भएको भन्ने रौनियारको कुरामा शेयर विश्लेषक मुक्ति अर्याल पनि सहमत छन् । औसत मूल्य निर्धारण गर्दा बजारलाई फाइदा पुग्ने अर्यालको भनाई छ । 

‘यो कुरा राम्रो हो, यसले बजारलाई राम्रो नै गर्छ’, अर्यालले भने, ‘नेपालका लागि आवश्यककै विषय थियो । अब आएछ राम्रो हो ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०१ बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर