पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’ « Khabarhub

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको समाचारबारे प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै कर्कीले आफूले पार्टी छोड्न लागेको समाचार लेख्नुको साटो देशलाई केही गर्नका लागि सोच्नु आवश्यक रहेको बताइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गरेर भनेकी छन, ‘नमस्कार सबैमा । तोसिमा कार्कीले पार्टी छोड्यो भन्ने समाचार लेख्न भ्याइसक्नुभएछ । अरे यार, मेरो बारेमा लेख्नुअघि कम्तिमा मलाई त सोध्नुहोस् । तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनुको साटो आफू चाहिँ यो देशका लागि के गर्न सक्छु भनेर सोच्नुस् न ! देशलाई शून्यबाट उठाउनु छ । यस्तो बेला कृपया सञ्चार माध्यमले पनि मानिसलाई अलमल्याउने काम नगर्दिनुहोला । धन्यवाद ।’

उनले आफू पार्टी छोड्न लागेको विषयमा भने स्पष्टीकरण दिन चाहिनन् । उनले पार्टी छोड्न लागेको हो या होइन भन्ने विषयमा भने बोलेकि छैनन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ६ : ११ बजे

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता