वित्त आयोग वर्षैपिच्छे दिन्छ सुझाव तर सरकार टेर्दैन « Khabarhub

वित्त आयोग वर्षैपिच्छे दिन्छ सुझाव तर सरकार टेर्दैन


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले संविधानअनुसार सरकारलाई वर्षैपिच्छे सुझाव दिने गर्छ । तर, तीनै तहका सरकारले भने आयोगको सुझावलाई कार्यान्वयन होइन, सधैँ नजरअन्दाज गर्ने गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार राष्ट्रिय सभा पेश गरिएको आयोगको वार्षिक प्रतिवेदन ०८०-८१ मा आयोगले दिएका सुझाव सरकारले कार्यान्वयन गर्न छाडेको उल्लेख छ । आयोगले संघीय सरकारको बजेट विनियोजन, राजस्व बाँडफाँड, ऋण परिचालन, कार्यक्रमको मानक निर्माण लगायतका विषयमा वर्षेनी दिएका सुझाव तीनै तहका सरकारले कार्यान्वयन नगरेको प्रतिवेदनको निष्कर्षमा उल्लेख गरेको छ ।

आयोगकाअनुसार संघीय बजेटको कम्तीमा ३० प्रतिशत हिस्सा प्रदेश र स्थानीय सरकारलाई वित्तीय हस्तान्तरण गर्नेगरी आयोगबाट प्रस्ताव गरिएकोमा पछिल्ला वर्षहरूमा त्यस्तो हिस्सा घटाउँदै लैजाने काम भएको छ । आर्थिक वर्ष ०८०-८१ को संघीय बजेटमा त्यस्तो हिस्सा २१.९८ प्रतिशत मात्रै कायम हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगकाअनुसार खर्चको आवश्यकता निर्धारणका लागि आवश्यक पर्ने तहगत सरकारहरूले सबै सेवा तथा पूर्वाधारको न्यूनतम मानक, मापदण्ड, लक्ष्य र प्रति इकाई लागत लगायतका विषयहरू तयार गर्नको लागि पटक–पटकको प्रतिवेदनमार्फत सुझाव दिएपनि कसैले पनि त्यसलाई कार्यान्वयन गर्ने गरेका छैनन् ।

त्यस्तै, आयोगले संघीय सरकारको तर्फबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने वित्तीय समानीकरण अनुदान सिफारिसको आधारमा नगरेर कटौती गर्ने गरेको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । संविधान र कानून बमोजिम आयोगले त्यस्तो सिफारिस गरेकाले सिफारिस विपरित विनियोजन र अनुदान कटौती नगर्न आयोगले सरकारलाई भनेको छ ।

आयोगकाअनुसार ऋण स्रोत परिचालन गर्दा प्रदेश र स्थानीय सरकारले कानुनी, संस्थागत र अन्य संरचना व्यवस्था गरेर संघीय सरकारसँग स्वीकृति लिएर मात्र वार्षिक बजेट तथा विनियोजन विधेयकमा आन्तरिक ऋणलाई खर्चको स्रोत उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेका छैनन् ।

आर्थिक वर्षको अन्त्यसम्म राजस्व बाँडफाँडको काम गर्नुपर्नेमा सोही आर्थिक वर्षको अन्त्यसम्म बाँडफाँड गर्ने काम सम्पन्न नगरेको आयोगले उल्लेख गरेको छ । त्यस्तै, कतिपय स्थानीय सरकारले करमुक्त पालिका घोषणा गर्ने काम गरेकाले राजस्व अधिकार उपयोग गर्नुपर्ने आयोगले औंल्याएको छ ।

यस्तो छ प्रतिवेदन

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ५९ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक