प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात   « Khabarhub

प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात  


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले पराजित गरेको हो ।

जितका लागि २८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । कोशीका लागि शाकीब हवले सर्वाधिक २५ रन बनाएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाएका थिए भने अनिश शाहले ७५ र दिपेश दाशले ५६ रनको अर्धशतकिय पारि खेलेका थिए ।

त्यस्तै मंगलबार दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्‍यो । कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो ।

गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०४ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने