प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात   « Khabarhub

प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात  


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले पराजित गरेको हो ।

जितका लागि २८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । कोशीका लागि शाकीब हवले सर्वाधिक २५ रन बनाएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाएका थिए भने अनिश शाहले ७५ र दिपेश दाशले ५६ रनको अर्धशतकिय पारि खेलेका थिए ।

त्यस्तै मंगलबार दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्‍यो । कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो ।

गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग