वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान « Khabarhub

वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

वर्षा भएसँगै काठमाडौं उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलोसमेत हटेको छ। मंगलबारसम्म एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं बिहीबार नवौँ स्थानमामा झरेको थियो। प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ। यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल लागेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार शुक्रबार कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी क्षेत्रका थोरै ठाउँमा वर्षा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।

मौसमविद् झाका अनुसार शनिबार भने मुलुकका धेरैजसो ठाउँमा मौसममा सुधार हुनेछ। तर, कोशीका पहाडी र बाँकी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : १५ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा