वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान « Khabarhub

वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

वर्षा भएसँगै काठमाडौं उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलोसमेत हटेको छ। मंगलबारसम्म एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं बिहीबार नवौँ स्थानमामा झरेको थियो। प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ। यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल लागेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार शुक्रबार कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी क्षेत्रका थोरै ठाउँमा वर्षा हुने मौसमविद् गोविन्द झाले जानकारी दिए।

मौसमविद् झाका अनुसार शनिबार भने मुलुकका धेरैजसो ठाउँमा मौसममा सुधार हुनेछ। तर, कोशीका पहाडी र बाँकी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै