आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण « Khabarhub

आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि मन्त्रीले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका हुन्। सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको मञ्चमा पटकपटक बोलाउँदासमेत सचिव उपस्थित नभएको भन्दै राज्यमन्त्रीले स्पष्टीकरण सोधेका हुन्।

२४ घण्टे स्पष्टीकरण भनिएको छ, ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’

मन्त्री तामाङले विभागीय मन्त्रीलाई अवहेलना गरेको हो भन्दै प्रश्न गरेका छन्। ‘तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरणमा भनिएको छ।

मन्त्री तामाङले स्पष्टीकरण २४ घण्टाभित्र दिन भनेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : २८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक