सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने, बुक क्लोज कहिले ?  « Khabarhub

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने, बुक क्लोज कहिले ? 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीका प्रबन्धक रन्जु लम्सालका अनुसार कम्पनीले २७ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।
 
कम्पनीले हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति समेत तोको छ । कम्पनीले वैशाख ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र इन्स्योरेन्सले बिक्री गर्ने हकप्रद शेयरमा सहभागिता जनाउन पाउने छन् । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयशर बिक्री गर्न अनुमति दिइसकेको प्रबन्धक लम्सालले जानकारी दिएकी छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने लम्सालले बताइन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार