एउटै वडामा क्षयरोगका २५ सङ्क्रमित « Khabarhub

एउटै वडामा क्षयरोगका २५ सङ्क्रमित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् ।

धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् ।

क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : २० बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा