एउटै वडामा क्षयरोगका २५ सङ्क्रमित « Khabarhub

एउटै वडामा क्षयरोगका २५ सङ्क्रमित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् ।

धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् ।

क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : २० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ