गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी | Khabarhub Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्ति पत्र प्रदान गरेका छन् । 

कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देश विदेशमा रहेर विभिन्न दातृ निकायहरूमा काम गरेको अनुभव छ ।

यसअघि कुलपति सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्रीलाई बुझाइएको थियो । विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा. यमुना घलेले गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम सिफारिस गरेका थिए । 

३ जनामा प्राडा तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम थियो । 

कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन् ।

कुलपति पदका उम्मेदवारलाई आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने मौका दिइएको थियो । गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो ।

अन्य विश्वविद्यालय प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति रहने प्रावधान रहेकामा नेपालमै पहिलोपट यस विश्वविद्यालयमा न्यासिक परिषद्को व्यवस्था गरी कुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ५३ बजे

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का

काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु

त्रिवेणी– रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक

लोकतान्त्रिक चरित्र जोगाउन, कांग्रेस विधान अनुसार अघि बढ्नुपर्छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १ सय ४३ जनाको मृत्यु

किन्सासा- डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा

‘प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’

काठमाडौँ– नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको ‘डिजिटल