गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्ति पत्र प्रदान गरेका छन् । 

कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देश विदेशमा रहेर विभिन्न दातृ निकायहरूमा काम गरेको अनुभव छ ।

यसअघि कुलपति सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्रीलाई बुझाइएको थियो । विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा. यमुना घलेले गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम सिफारिस गरेका थिए । 

३ जनामा प्राडा तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम थियो । 

कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन् ।

कुलपति पदका उम्मेदवारलाई आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने मौका दिइएको थियो । गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो ।

अन्य विश्वविद्यालय प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति रहने प्रावधान रहेकामा नेपालमै पहिलोपट यस विश्वविद्यालयमा न्यासिक परिषद्को व्यवस्था गरी कुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ५३ बजे

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली