त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन् « Khabarhub

त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन्


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको बताएका छन् ।

बरालले प्रधानमन्त्रीकै असहयोगका कारण आफूले पदबाट राजीनामा दिन बाध्य भएको बताइरहेका बेला ओलीले शुक्रबार बुटवलमा आयोजित एमालेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन यसो भनेका हुन् ।

उपकुलपति बरालको राजीनामा प्रकरणको चर्चा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘एउटा उपकुलपति काम गर्न सकेनछन्,  राजीनामा फ्याँकेछन्’, उनले भने, ’बरालको राजीनामा स्वीकृतिमा ढिलाइ हुनै उनै कारण हुन् । राजीनामा पत्र मकहाँ आइपुग्न समय लाग्दा स्वीकृति गर्न ढिला भएको हो।’

राजीनामा नै आफूकहाँ केही दिन लगाएर आएको उनले बताए । ‘मकहाँ राजीनामा पत्र नै कति दिनपछि आयो । राजीनामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाले, राजीनामा आइपुगेकै छैन त कहाँबाट स्वीकृत गर्ने ?’, ओलीले भने, ‘न भेटेको छ, न राजीनामा गर्छु भनेको छ, न यस्तो समस्या भयो भनेको छ, राजीनामा कोहीमार्फत् पठाएको थियो रे ! त्यो पुग्न पाएको छैन अखवारबाजी भइसकेछ ।’

उनले पत्र आएपछि भेरिफाई गरेर राजीनामा स्वीकृत गरिदिएको बताए । राजीनामा स्वीकृत भइसकेपछि बरालले द्वन्द्वको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

‘राजीनामा स्वीकृत गरेपछि प्रधानमन्त्री र उपकुलपतिबीच द्वन्द र लफडा जस्ता कुरा सुरु भएको सुनेँ, अचम्म लाग्यो’, उनले भने, ‘उपकुलपतिले मलाई यस्तो भयो भनेर एक शब्द भनेका छैनन् । तर अनेक हल्ला हुने गरेको छ ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०६ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट