त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन् « Khabarhub

त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन्


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको बताएका छन् ।

बरालले प्रधानमन्त्रीकै असहयोगका कारण आफूले पदबाट राजीनामा दिन बाध्य भएको बताइरहेका बेला ओलीले शुक्रबार बुटवलमा आयोजित एमालेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन यसो भनेका हुन् ।

उपकुलपति बरालको राजीनामा प्रकरणको चर्चा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘एउटा उपकुलपति काम गर्न सकेनछन्,  राजीनामा फ्याँकेछन्’, उनले भने, ’बरालको राजीनामा स्वीकृतिमा ढिलाइ हुनै उनै कारण हुन् । राजीनामा पत्र मकहाँ आइपुग्न समय लाग्दा स्वीकृति गर्न ढिला भएको हो।’

राजीनामा नै आफूकहाँ केही दिन लगाएर आएको उनले बताए । ‘मकहाँ राजीनामा पत्र नै कति दिनपछि आयो । राजीनामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाले, राजीनामा आइपुगेकै छैन त कहाँबाट स्वीकृत गर्ने ?’, ओलीले भने, ‘न भेटेको छ, न राजीनामा गर्छु भनेको छ, न यस्तो समस्या भयो भनेको छ, राजीनामा कोहीमार्फत् पठाएको थियो रे ! त्यो पुग्न पाएको छैन अखवारबाजी भइसकेछ ।’

उनले पत्र आएपछि भेरिफाई गरेर राजीनामा स्वीकृत गरिदिएको बताए । राजीनामा स्वीकृत भइसकेपछि बरालले द्वन्द्वको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

‘राजीनामा स्वीकृत गरेपछि प्रधानमन्त्री र उपकुलपतिबीच द्वन्द र लफडा जस्ता कुरा सुरु भएको सुनेँ, अचम्म लाग्यो’, उनले भने, ‘उपकुलपतिले मलाई यस्तो भयो भनेर एक शब्द भनेका छैनन् । तर अनेक हल्ला हुने गरेको छ ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित