सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त « Khabarhub

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै उनको परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

बोहराको निधन भएको ११औँ दिन आज स्व बोहोराको निजी निवास बालुवाटारमा पुगेर दिगवङ्त सांसद बोहोराको परिवारसँग भेट गरी सभामुख घिमिरेले समवेदना व्यक्त गरेका हुन् । दिगवङ्त बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ नेता तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य थिए ।

त्यसैगरी सांसद सूर्य थापाले आज उनको निवासमा पुगेर समवेदना व्यक्त गरे। रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको उपचारको क्रममा यही चैत १९ गते मङ्गलवार निधन भएको हो ।

पोस्ट–कोभिड समस्याबाट पीडित राप्रपाका संस्थापक नेता बोहोरा पर्यटन राज्यमन्त्री, पर्यटन सहायकमन्त्री, निर्माण तथा यातायात राज्यमन्त्री, निर्माण तथा यातायातमन्त्री, वन तथा भूसंरक्षणमन्त्री, श्रम तथा रोजगारमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन