सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कोलकाताको फराकिलो जित « Khabarhub

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कोलकाताको फराकिलो जित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सविरुद्ध कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा कोलकाताले चेन्नईलाई आठ विकेटले हराएको हो । चेन्नईले दिएको १०३ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । कोलकाताका सुनिल नारायणले अलराण्ड प्रदर्शन गरे । उनले ब्याटिङ तर्फ सर्वाधिक ४४ रन बनाए भने महत्वपूर्ण तीन विकेट लिए । १८ बलको सामना गरेको नारायणले पाँच छक्का र दुई चौका प्रहार गरे ।

यस्तै क्वीन्टक डि ककले १६ बलमा तीन छक्कासहित २३ रन बनाए । अजिंक्य रहाणेले २० रन बनाउँदा रिङ्कु सिंहले १५ रनको योगदान दिए । चेन्नईका लागि अंशुल कम्बोज र नूर अहमदले एक एक विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियाे ।

उसका लागि शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बलको समाना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रन बनाए ।

चेन्नईका २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १३ रन खर्चिए। त्यस्तै हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले समान एक विकेट लिए ।

जितपछि कोलकाता तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेल्दा कोलकताले तीनमा जित र तीनमा हार ब्यहोरेको छ । ६ खेल नै खेलेको चेन्नई एक जितसहित अन्तिमबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ४५ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र