देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ « Khabarhub

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कपिलवस्तुबाट २ जना, मोरङको विराटनगरबाट ४ जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै तनहुँ, मकवानपुर, बारा र झापाबाट लागूऔषधसहित २–२ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
कपिलवस्तु, वाणगङ्गा नगरपालिका–११ नेपालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका–१० पानबारी बस्ने ३२ वर्षीय पर्वत श्रीसमगर र ३४ वर्षीय अशोक विक छन् । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले लु.२९ प २१०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट लागूऔषध खैरो हेरोइन् जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरीका सुजन बिक, मोरङ बेलबारीका मिलन धिमाल, इटहरीका राजकुमार बस्नेत र मदन बुढाथोकी रहेका छन् ।

बिकका साथबाट ७ ग्राम २ सय ३० मिलिग्राम, धिमालका साथबाट २ ग्राम ९ सय ८० मिलिग्राम र बस्नेत र बुढाथोकीका साथबाट १ ग्राम ४ सय ६० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूका साथबाट लागूऔषध नियन्त्रणमा लिएको हो ।

यस्तै तनहुँको आँबुखैरेनी–४ बेनिटारबाट नियन्त्रित लागूऔषध फेनारगन ६२ एम्पुल, नोर्फिन ६२ एम्पुल र डाइजेपाम ६२ एम्पुल सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखराका आशिक जलारी र तनहुँ शुक्लागण्डकीका प्रदीप विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूबाट लागूऔषध नियन्त्रणमा लिइएको हो ।

मकवानपुरको हेटौंडा–१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अजित दोङ र विनय लामा रहेका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै बाराको विश्रामपुर–५ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने ४ सय २० मिलिग्राम पदार्थसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू शेख फैइयाज र आदर्श कोतवाल–२ खजुरियाका नितेशकुमार कोइरी छन् । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको गौरीगञ्ज–२ परेवाखोपीबाट ब्राउनसुगर ८ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह–५ का अभिषेक राई र दमक–३ का दीपेश बानिया छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १२ : ४४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार