व्यस्त उपासना, कता गइन् आँचल ? « Khabarhub

व्यस्त उपासना, कता गइन् आँचल ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँचल शर्मा अहिलको चल्तीकी नायिका हुन् । गत वर्ष उनी व्यस्त देखिइन् ।

०८१ सालको नयाँ वर्षको दिनमा हलमा उनको अभिनय रहेको फिल्म ‘डिग्री माइला’ प्रदर्शनरत थियो ।

उनको अर्को फिल्म ‘वर एण्ड बधु’ भदौमा र फागुनमा ‘दुखी आत्मा’ प्रदर्शनमा आयो । त्यही साल उनले फिल्म ‘जेरी अन टप’को छायाङ्कन समेत भ्याइन् ।

एक नायिकाको वर्षमा तीन फिल्म प्रदर्शनमा र एक फिल्मको छायाङ्कन भ्याउनु राम्रै व्यस्ताता हो ।

‘जेरी अन टप’मा आँचल शीर्ष भूमिकामा छिन् । नायकमा अनमोल केसी छन् । तर, यस फिल्मपछि आँचलको हातमा नयाँ फिल्म परेको खबर बाहिरिएको छैन ।

फिल्मीवृतमा उनले नयाँ फिल्म साइन गरेको खबर नबाहिरिनुलाई विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

कतिले ०८१ सालमा उनले खेलेका कुनै पनि फिल्मले लगानी नउठाएका कारण मेकरहरु टाढिएका हुन् भने अड्कलसमेत काट्न थालेका छ ।

हुन पनि त्यस्तै देखिन्छ । ०८१ मा प्रदर्शनमा आएका आँचलका सबै फिल्मले निर्माताको खल्ती मात्रै खुम्चाएका छन् । यो कुरा चलचित्र विकास बोर्डले दिएको बक्स अफिस रिपोर्टले पनि देखाउँछ ।

बर एण्ड बधुको ग्रस कलेक्सन ३२ लाख र दुखी आत्मको कलेक्सन ७१ लाख मात्रै छ । ‘डिग्री माइला’ निटक स्रोतका अनुसार यस फिल्मले पनि घरेलु बक्स अफिस कलेक्सनबाट लगानी उठान सकेको छैन ।

फिल्म फ्लप भएर मेकरले आँचललाई लिन नचाहेको बजारको हल्ला यी आँकडा हेर्दा पत्याउँ–पत्याउँ लाग्छ ।

तर, आँचल पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । ‘जेरी अन टप’ रिलिज हुन बाँकी नै छ । यो फिल्म हिट भए टाढिएका मेकर बलेका आगो ताप्न आइहाल्छन् । यदि यो गसिप आँचलको करिअरमा लागू भएको छ भने ।

एकातिर आँचलको हातमा फिल्म छैन भने अर्कोतर्फ नायिका उपासनासिंह ठकुरी धमाधम फिल्म साइन गरिरहेकी छन् ।

गत वर्षको असोजमा प्रदर्शनमा आएको उनको फिल्म ‘खुस्मा’ सुपरहिट भयो । चैत २९ मा आएको ‘कर्मा’ भने फ्लप भयो ।

तर, उपासना अहिले ‘खुस्मा’ टिमले बनाएको अर्को फिल्म ‘जलाकी’को छायाङ्कनमा व्यस्त छिन् ।

गत साता उपासनाले अर्को फिल्म ‘सुम्निामा’ पनि साइन् गरेकी छन् । मिलन चाम्सले निर्देशन गर्ने यो फिल्म छायाङ्कन असार मध्यतिरबाट सुरु हुने बताइएको छ । अहिले यसरी भटाभट फिल्म साइन गर्ने एक्ली नायिका हुन्– उपासना । उपासहनाको दिन अहिले बलेको छ ।

यी दुवै नायिकालाई आगामी सबै प्रोजेक्ट ‘हिट’को शुभकामना ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ३९ बजे

सुधनले २६ दिनमै राजीनामा दिएपछि भारतीय सञ्चारमाध्यम लेख्छन् : बालेनलाई प्रमुख धक्का

काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधै

जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप

सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश