सांसदहरु भन्छन्– देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्‍यो « Khabarhub

सांसदहरु भन्छन्– देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्‍यो


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताएका छन् ।

आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षाअनुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढङ्गले कार्यान्वयन हुनुपर्ने बताइन् । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढङ्गले आएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ३९ बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने