गर्मी बढेसँगै सर्पको बिगबिगी | Khabarhub Khabarhub

गर्मी बढेसँगै सर्पको बिगबिगी


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए । “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ”, उनले भने।

केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ । यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो । नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ । व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ ।

वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो । “प्रारम्भमै नेपाली सेनासँग उपचार गर्ने प्राविधिक टोली माग ग-यौँ, सैनिक मुख्यालयले नै प्राविधिक टोली उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उपचार थालिएको हो”, केन्द्र सञ्चालनको व्यवस्थापन गर्ने कार्यसमितिका अध्यक्ष कृष्ण देवकोटा भन्छन्, “प्रतिबद्धताअनुसार सेनाको साथ पाएपछि केन्द्रलाई व्यवस्थित गरेका छौँ ।”

केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१/८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ । वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताए ।

केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ ।

“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहनुभएका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्नुहुन्छ । आर्थिक वर्ष २०८०/८१ मा ८८४, आव २०७९/८० मा ८७८, आव २०७८/७९ मा दुई हजार ९३१, आव २०७७र७८ मा चार हजार १९१, आव २०७६र७७ मा तीन हजार ९४७, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० तथा आव २०७१/७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ३७ बजे

समयसँगै जोडिएको सौभाग्य : आमाको काखमा छोराको चौरासी

पोखरा– बुढेसकाल भनेको जीवनको ओझेलतिरको यात्रा हो भन्ने मान्यता छ

जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ : सञ्चारमन्त्री

वीरेन्द्रनगर – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय

सजिवनको सुप खाँदाका फाइदा के-के छन् ?

काठमाडौं– सजिवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा प्राकृतिक पोषकतत्व

नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

पर्सा– नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको

बेवारिसे सवारिसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज– वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारिसाधन तथा