यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछ : सञ्चारमन्त्री गुरुङ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा छलफल भइरहेकाले सम्भवत आजभोलिमै सहमति भएर बैठक बस्ने बताए।

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्नु अर्थहीन रहेको बताउँदै उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि कारबाही सुरु गरेको छ । भ्रष्टाचारसम्बन्धी विषयमा आयोगले कारबाही सुरु गरिसकेकाले मन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु उचित हुँदैन । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भनेदेखि सरकार सञ्चालनमा समस्या उत्पन्न हुन्छ ।’

मन्त्री गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेकाले सम्भवत आजभोलिदेखि नियमित बैठक बस्ने बताए। गृहमन्त्रीले राजीनामा दिने विषयमा संसदीय छानबिन समिति केका लागि र कसरी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको उनले बताए। 

‘हाम्रो माग गृहमन्त्रीले आफूमाथि उठिरहेका सबै प्रश्नका बारेमा आफ्नो धारणासहित उत्तर दिन पाउनुपर्छ भन्ने हो । प्रतिपक्षले संसद् बैठक बस्न दिएर सहयोग गर्नुपर्छ’, उनले भने।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ४४ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्