पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग | Khabarhub Khabarhub

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको एउटा टोली उनको धुम्बाराहीस्थित घरमै पुगेको छ ।

काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली बुधबार दिउँसो पाठकको घरसम्मै पुगेको हो ।

मोबाइल फोनसमेत बन्द गरेर बसेका पाठकलाई प्रहरीले घरमा भने भेट्टाएन । घरमा नभेट्टाएपछि प्रहरीको टोली अहिले कार्यालयमा फर्किसकेको छ ।

पाठकलले आफूद्वारा सञ्चालित युट्युब च्यालनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीरको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाएका थिए । नक्सालस्थित हिल्टन होटलमा जयवीरको लगानी रहेको दाबीसहित बनाइएको उक्त कन्टेन्टलाई लिएर दिलभूषणविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा साइबर ब्यूरोले पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । सामान्यतया समाचारको विषय नेपाल प्रेस काउन्सिलले हेर्नुपर्ने भए पनि सिधै प्रहरीमार्फत् पत्रकारलाई कारबाही गर्न खोजिएपछि चौतर्फी विरोध भइरहेको छ।

सहयोगको याचना

यसैबीच पाठकले सहयोगको अपेक्षासहित प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघमा घटनाक्रमबारे जानकारी दिँदै सहयोग मागेका छन्।

उनले टफ टक विद दिलभूषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको जानकारी दुवै संस्थालाई दिएका न् ।

‘त्यसैका आधारमा मलाई खोजी गरिरहेको भन्ने जानकारी विभिन्न सार्वजनिक मिडियाबाट प्राप्त भयो’, उनले भनेका छन्, ’तर, सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा न कुनै स्पष्ट जानकारी दिएका छन् न उजुरीबारे केही खुलाएका छन् ।’

पाठकले आफूले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग सोध्नुपर्नेमा त्यसो नगरिएको बताए ।

‘यदि मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो ?’, उनले प्रश्न गरेका छन्, ‘काउन्सिल हुँदा हुँदै फौजदारी कानुनमार्फत् किन कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीले उजुरी र आरोपबारे कुनै जानकारी नदिने, एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ।’

पाठकले अहिलेसम्म औपचारिक रुपमा आफूविरुद्ध परेको उजुरी, लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएको पनि बताएका छन् । ‘यसबारे सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु’, उनले दुवै निकायलाई भनेका छन्, ‘ ’यससँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : १९ बजे

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता

प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ?

काठमाडौँ – सरकारले धेरै वर्षदेखि अपेक्षित राजस्व सङ्कलन र खर्च

‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’

लुम्बिनी– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरिले जनसङ्ख्याका आधारमा राज्यका हरेक

शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक