माओवादीले तयार पारेको ड्राफ्टमा सहमत छौँ : योगेश भट्टराई | Khabarhub Khabarhub

माओवादीले तयार पारेको ड्राफ्टमा सहमत छौँ : योगेश भट्टराई


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ ।  

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफूहरू सहमत रहेको बताएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफूहरूको सहमति रहे पनि रास्वपाको असहमति देखिएको उल्लेख गरे । 

रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । 

भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे । 

उनले लामो समय संसद् अवरुद्ध हुन नसक्ने भएकाले अव संसद् नियमित कार्यसूचीमा प्रवेश गर्ने दाबी गरे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ०६ बजे

गगन थापाले भन्छन् : कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ

सुनसरी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी

कामपाले सुरु गर्‍यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको

नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ – आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

‘सूर्य युग’ को विमोचन गर्दै भट्टले भने- एमालेमा विभाजित हुने छुट कसैसँग छैन्

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले