पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ 


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको चर्चा सुरु भएसँगै राजनीतिक तरंग तीव्र भएको छ। विशेष गरी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहमा यसबारे गम्भीर चासो र छलफल भइरहेको छ।

एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनःआगमन उपयुक्त नहुने मतमा छन्। यही विषयलाई लिएर पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने समूह र बाहिरी नेताहरूको अर्को समूहबीच विवाद र भनाभन चर्किएको छ।

बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशन नभएसम्म पार्टीको नेतृत्वबारे बहस नगर्न स्पष्ट निर्देशन दिएका थिए। संयन्त्रका संयोजक भानुभक्त ढकालले त पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिएका छन्।

यही विवादबीच एमाले सचिव योगेश भट्टराईले भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।  

‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने- कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं। जबजको मर्म पनि यही हो। राष्ट्र, जनता र एमाले – हामी सबै एक ठाउँ उभिने आधार बनाऔँ, उनले भनेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीले आधिकारिक रूपमा राजनीति फर्किने घोषणा नगरे पनि एमालेभित्र उनको सक्रियता र सम्भावित भूमिकाबारे बहस सुरु भइसकेको छ। आगामी दिनमा पार्टीको आन्तरिक सन्तुलन कता मोडिन्छ भन्ने चासो तीव्र बनेको सन्दर्भमा योगेशले संयमित हुन भनेका हुन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका