विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग « Khabarhub

विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग

केपी ओलीले सहमतिमै आफूलाई अध्यक्षमा साथ दिने दाबी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने दाबी गरेकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनु पर्ने र आफूलाई केपी शर्मा ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्ति गरेकी छिन् ।

इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तरवार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । साथै उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ दिएकी छिन् ।

अन्तरवार्ताका क्रममा पत्रकार खरेलले सोधेको ‘तपाई अब एमालेको अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा भण्डारीको जवाफ छ, ‘तपाईको बुझाइमा सत्यता छ तर पार्टीको ११ औं महाधिवेशन तोकिएको छैन । त्यसैले म अहिले नै कुन पदमा, के भनेर नभनौं । तर, यो कुरा त सार्वजनिक बहसकै एजेण्डा भइसक्यो नि । यति अनुभव लिएर आइसकेपछि मैले लिने जिम्मेवारी भनेको त तपाईहरुले सोचेको त्यही लाइनतिरै जान्छ । एकदम । यसमा त कुनै सन्देह छ र ?’

पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओली नै दाहोरिने चर्चा छ नि ? भन्ने अर्को प्रश्नमा भण्डारी भिन्छन्, ‘एकजना व्यक्तिले सधैं पदीय जिम्मेवारी धानिरहन सकिने कुरा आउँदैन । हामीले आफ्नो टिमभित्र कसै न कसैलाई जिम्मेवारी दिनैपर्छ । त्यसमा पनि हाम्रो पार्टीमा त अलिकति लोकतान्त्रिक अभ्यासहरु चलेको छ ।’

उनी थप्छिन्, ‘केपी ओली दुईपटक अध्यक्ष भइसक्नुभएको छ, त्यो त परिस्थितिले, पार्टी विभाजन भएकोले माधव नेपालहरु छाडेर हिँड्नभयो, त्यसो हुनाले अध्यक्ष हुनुभयो । तर, मलाई लाग्छ उहाँ अरु नेताहरुले भने भन्दैमा त्यसरी दोहोर्‍याउने, तेहर्‍याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’

विद्याले अन्तरवार्तामा भनेकी छिन्, ‘भर्खर मैले सदस्यता नवीकरण गरेको छु र सार्वजनिक जानकारी गराएको छु । पार्टी परिवारमा म सामेल भएँ भनेर मैले भनेको छु । अब के जिम्मेवारी दिनुहुन्छ, दिनुहुन्न संस्थागत हिसाबले कसरी उहाँहरुले त्यसलाई लिनुहुन्छ, त्यो त हेर्न नै बाँकी छ ।… मलाई पासाङलाई (प्रचण्डले गरेको स्वागत) भन्दा कम हैन, ओलीजीले बढी नै स्वागत गर्नुहुन्छ होला भन्ने म त्यो विश्वास, आशामा छु ।’

कसलाई उत्तराधिकार जिम्मा लगाउँ भन्ने भैराखेका बेला आफूले सदस्यता नवीकरण गरेपछि ओलीलाई सजिलो भएको हनसक्ने भण्डारीको तर्क छ । उनले भनेकी छिन्, ‘भोलि मेरो के हुन्छ भने अध्यक्षचाहिँ सहमतिकै आधारमा गरौं । भएन भने त प्रतिस्पर्धा त हुन सक्छ ।’

आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओली नदोहोरिने विश्वास रहेको बताउँदै भण्डारीले आफू सर्वसम्मत् अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छन् । उनले भनेकी छिन्, ‘करिब–करिब मेरो दिशा त्यतै निर्देश भइराखेको छ ।’

यो पनि–

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ३० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै