विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग « Khabarhub

विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग

केपी ओलीले सहमतिमै आफूलाई अध्यक्षमा साथ दिने दाबी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने दाबी गरेकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनु पर्ने र आफूलाई केपी शर्मा ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्ति गरेकी छिन् ।

इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तरवार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । साथै उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ दिएकी छिन् ।

अन्तरवार्ताका क्रममा पत्रकार खरेलले सोधेको ‘तपाई अब एमालेको अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा भण्डारीको जवाफ छ, ‘तपाईको बुझाइमा सत्यता छ तर पार्टीको ११ औं महाधिवेशन तोकिएको छैन । त्यसैले म अहिले नै कुन पदमा, के भनेर नभनौं । तर, यो कुरा त सार्वजनिक बहसकै एजेण्डा भइसक्यो नि । यति अनुभव लिएर आइसकेपछि मैले लिने जिम्मेवारी भनेको त तपाईहरुले सोचेको त्यही लाइनतिरै जान्छ । एकदम । यसमा त कुनै सन्देह छ र ?’

पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओली नै दाहोरिने चर्चा छ नि ? भन्ने अर्को प्रश्नमा भण्डारी भिन्छन्, ‘एकजना व्यक्तिले सधैं पदीय जिम्मेवारी धानिरहन सकिने कुरा आउँदैन । हामीले आफ्नो टिमभित्र कसै न कसैलाई जिम्मेवारी दिनैपर्छ । त्यसमा पनि हाम्रो पार्टीमा त अलिकति लोकतान्त्रिक अभ्यासहरु चलेको छ ।’

उनी थप्छिन्, ‘केपी ओली दुईपटक अध्यक्ष भइसक्नुभएको छ, त्यो त परिस्थितिले, पार्टी विभाजन भएकोले माधव नेपालहरु छाडेर हिँड्नभयो, त्यसो हुनाले अध्यक्ष हुनुभयो । तर, मलाई लाग्छ उहाँ अरु नेताहरुले भने भन्दैमा त्यसरी दोहोर्‍याउने, तेहर्‍याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’

विद्याले अन्तरवार्तामा भनेकी छिन्, ‘भर्खर मैले सदस्यता नवीकरण गरेको छु र सार्वजनिक जानकारी गराएको छु । पार्टी परिवारमा म सामेल भएँ भनेर मैले भनेको छु । अब के जिम्मेवारी दिनुहुन्छ, दिनुहुन्न संस्थागत हिसाबले कसरी उहाँहरुले त्यसलाई लिनुहुन्छ, त्यो त हेर्न नै बाँकी छ ।… मलाई पासाङलाई (प्रचण्डले गरेको स्वागत) भन्दा कम हैन, ओलीजीले बढी नै स्वागत गर्नुहुन्छ होला भन्ने म त्यो विश्वास, आशामा छु ।’

कसलाई उत्तराधिकार जिम्मा लगाउँ भन्ने भैराखेका बेला आफूले सदस्यता नवीकरण गरेपछि ओलीलाई सजिलो भएको हनसक्ने भण्डारीको तर्क छ । उनले भनेकी छिन्, ‘भोलि मेरो के हुन्छ भने अध्यक्षचाहिँ सहमतिकै आधारमा गरौं । भएन भने त प्रतिस्पर्धा त हुन सक्छ ।’

आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओली नदोहोरिने विश्वास रहेको बताउँदै भण्डारीले आफू सर्वसम्मत् अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छन् । उनले भनेकी छिन्, ‘करिब–करिब मेरो दिशा त्यतै निर्देश भइराखेको छ ।’

यो पनि–

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ३० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु