बजेटको बाध्यतामा परेका बालेनले स्वीकारे प्रमुख प्रशासकीय गुरागाईंलाई, कार्यकक्षमा उपमेयर र वडाध्यक्षसहितको बैठक « Khabarhub

बजेटको बाध्यतामा परेका बालेनले स्वीकारे प्रमुख प्रशासकीय गुरागाईंलाई, कार्यकक्षमा उपमेयर र वडाध्यक्षसहितको बैठक


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनेक प्रयास गर्दा पनि छेक्न नसकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक शुक्रबार राखेका छन् ।

मेयर साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठक बसेको हो । बैठकमा उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू पनि सहभागी छन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बाइपापस गरेर बैठक राख्न खोजेपछि उपमेयर डंगोल र वडाध्यक्षहरू तयार भएका थिएनन् । साहले प्रमुख प्रशाकीयबिना नै प्रशासनलाई प्रस्ताव तयार गर्न लगाए पनि अन्य जनप्रतिनिधि तयार नभएपछि यो बैठक बस्न सकेको थिएन ।

तर अन्तत: २०८१ पुस ८ गतेयता प्रमुख प्रशाकीयसँगको तिक्ततालाई भुल्दै बालेनले उनको समेत उपस्थितिमा बैठक राखेका हुन् । स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता थियो तर गुरागाईंलाई नस्वीकार्ने बालेनको अडानले अब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक सकिएपछि बजेट ल्याइनेछ ।

आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा काठमाडौंको बजेट ल्याउने गरी बैठक राखेको हो । असार मसान्तासम्म बजेट पारित गरिसक्नुपर्ने कानुनी बाध्यतामा परेका बालेनले गुरागाईंसहितको बैठक राखेका हुन् । यसअघि मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक बस्न नसकेपछि बजेट अन्योलमा परेको थियो। 

कार्यपालिका र नगर सभा मात्रै होइन, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत बस्नसमेत बस्न सकेको थिएन । स्रोत व्यवसथापन तथा निर्धारण समितिको बैठकसँगै काठमाडौंको बजेट आउने पक्का भएको हो ।

साहले असार ४ गते ११ बजे आफ्नै कार्यकक्षमा बैठक बोलाए गुरागाईँबिना नै बजेट ल्याउन खोजेका थिए। तर, सदस्यसचिव अनिवार्य हुनुपर्ने बैठकमा गुरागाईंलाई ‘बाइपास’ गरेपछि अहिलेसम्म निर्णय हुन सकेको थिएन । तर सदस्यसचिव हुनै पर्ने कानुनी बाध्यतामा बालेन परेपछि पुसयता बोलचाल बन्द भएका दुईजनाबीच भौतिक रुपमै भेट भएर बैठक बसेको हो ।

समितिको सदस्यमा उपप्रमुख सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी  महर्जन, अनिता कार्की डोली छन् ।  उनीहरू पनि बैठकमा सहभागी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार  ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ७ महिनादेखि बस्न सकेको थिएन।

नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ । 

तर, मेयर साहले भने कार्यपालिका र नगरसभा दुवै राख्न सकेका थिएनन् । त्यहीकारण  महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णयलगायतका काम पनि अन्योलमा थिए । तर अब मेयर, प्रमुख प्रशासकीय र उपमेयर तथा वडाध्यक्षसहितको बैठक बसेसँगै बजेट आउने भएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ०३ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार