ज्ञानेन्द्रलाई ‘राजा’ र ‘श्री ५’ लेखेपछि फणिराज पाठक प्रहरीको नियन्त्रणमा « Khabarhub

ज्ञानेन्द्रलाई ‘राजा’ र ‘श्री ५’ लेखेपछि फणिराज पाठक प्रहरीको नियन्त्रणमा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा ‘श्री ५’ भनेर सम्बोधन गरेपछि संवाद सचिव फणिन्द्रप्रसाद पाठकलाई प्रहरीले बोलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले ज्ञानेन्द्रलाई त्यसरी गरिएको सम्बोधनको कानुनी हैसियतबारे सोध्न उनलाई झिकाइएको बताए ।

‘पक्राउ गरिएको होइन, पूर्वराजालाई ‘श्री ५’ र राजाकै रुपमा सम्बोधन गरेको विषयमा कानुनी हैसियत र मान्यताबारे जानकारी लिन झिकाएका हौँ’, उनले भने, ‘नेपालको संविधानले ज्ञानेन्द्र शाहलाई राजाको हैसियत दिएको छैन र त्यसरी चिन्दा पनि चिन्दैन । त्यहीकारण उहाँसँग सोधपुछका लागि बोलाएका हौँ।’

संवाद सचिव पाठकलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो । पूर्वसचिव पाठकले पूर्वराजाबारे विज्ञप्ति निकाल्दा श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाह लेखेकोबारेमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

पूर्वराजा लेख्नुपर्ने ठाउँमा वर्तमान र बहालवाला राजाकै हैसियतमा विज्ञप्ति निकाल्नु संविधानविपरीत भएको भन्दै प्रहरीले उनलाई नियन्त्रमा लिएको हो ।

यसैबीच ‘श्री ५ ज्ञानेन्द्र’ लेखिएको बहानामा पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।

‘यो सरकारको संकिर्ण मानसिकताको द्योतक हो। ‘श्री ५ ज्ञानेन्द्र’ नेपालका ‘राजा’ हुन्, प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनीभन्दा पछि अरू कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो’, थापाले भनेका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १७ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त