छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला « Khabarhub

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिइन् ।

उनका अनुसार सुरुमा तीन लिटर दूधबाट बिक्री सुरु गरिएको थियो । हाल प्रतिलिटर ९० का दरले मासिक ८६ हजार ४०० रुपैयाँ आम्दानी भइरहेको छ ।

‘केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ । यसबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ’, गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ ।

गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवा समितिले पाँच जना कर्मचारी राखेको छ । गौशालाबाट भएको आम्दानीबाट मासिक रूपमा ७५ हजार रुपैयाँ ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ । यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ ।

गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ । पर्याप्त पोषणयुक्त आहारा पुर्‍याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सकिने व्यवस्थापन समूहले जनाएको छ । 

‘सामुदायिक गौशाला भएकाले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन’, अवस्थीले भनिन्, ‘कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन । त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।’
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ३२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम