छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला « Khabarhub

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिइन् ।

उनका अनुसार सुरुमा तीन लिटर दूधबाट बिक्री सुरु गरिएको थियो । हाल प्रतिलिटर ९० का दरले मासिक ८६ हजार ४०० रुपैयाँ आम्दानी भइरहेको छ ।

‘केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ । यसबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ’, गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ ।

गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवा समितिले पाँच जना कर्मचारी राखेको छ । गौशालाबाट भएको आम्दानीबाट मासिक रूपमा ७५ हजार रुपैयाँ ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ । यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ ।

गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ । पर्याप्त पोषणयुक्त आहारा पुर्‍याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सकिने व्यवस्थापन समूहले जनाएको छ । 

‘सामुदायिक गौशाला भएकाले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन’, अवस्थीले भनिन्, ‘कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन । त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।’
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ३२ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य