काठमाडौं महानगरमा बजेटको सीमा निर्धारण : २५ अर्ब ११ करोडको ल्याउने तयारी | Khabarhub Khabarhub

काठमाडौं महानगरमा बजेटको सीमा निर्धारण : २५ अर्ब ११ करोडको ल्याउने तयारी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।

उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरूसहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।

बैठकले आर्थिक तर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको हो ।

महानगरमा गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपापस गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो ।

उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरू मेयरको कुरामा तयार नभएछि । साहले प्रमुख प्रशाकीयबिना नै प्रशासनलाई प्रस्ताव तयार गर्न लगाए पनि अन्य जनप्रतिनिधि तयार नभएपछि यो बैठक बस्न सकेको थिएन । अब मेयर, उपमेयर, प्रमुख प्रशाकीय र वडाप्रतिनिधिसमेतको बैठकले सीमा निर्धारण गरेपछि बजेट आउने पक्का भएको हो ।

२०८१ पुस ८ गतेयता प्रमुख प्रशाकीयसँगको तिक्ततालाई भुल्दै बालेनले उनको समेत उपस्थितिमा बैठक राखेका थिए । स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता थियो । तर गुरागाईंलाई नस्वीकार्ने बालेनको अडानले बजेट रोकिएको थियो । अब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णय अनुसार बजेट ल्याइनेछ ।

काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच महानगरले बजेट समयमै ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको थियो । सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको थियो ।

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको थियो । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको बजेट आइतबारसम्म आइसक्नेछ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ३३ बजे

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन