काठमाडौं महानगरमा बजेटको सीमा निर्धारण : २५ अर्ब ११ करोडको ल्याउने तयारी « Khabarhub

काठमाडौं महानगरमा बजेटको सीमा निर्धारण : २५ अर्ब ११ करोडको ल्याउने तयारी


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।

उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरूसहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।

बैठकले आर्थिक तर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको हो ।

महानगरमा गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपापस गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो ।

उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरू मेयरको कुरामा तयार नभएछि । साहले प्रमुख प्रशाकीयबिना नै प्रशासनलाई प्रस्ताव तयार गर्न लगाए पनि अन्य जनप्रतिनिधि तयार नभएपछि यो बैठक बस्न सकेको थिएन । अब मेयर, उपमेयर, प्रमुख प्रशाकीय र वडाप्रतिनिधिसमेतको बैठकले सीमा निर्धारण गरेपछि बजेट आउने पक्का भएको हो ।

२०८१ पुस ८ गतेयता प्रमुख प्रशाकीयसँगको तिक्ततालाई भुल्दै बालेनले उनको समेत उपस्थितिमा बैठक राखेका थिए । स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता थियो । तर गुरागाईंलाई नस्वीकार्ने बालेनको अडानले बजेट रोकिएको थियो । अब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णय अनुसार बजेट ल्याइनेछ ।

काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच महानगरले बजेट समयमै ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको थियो । सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको थियो ।

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको थियो । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको बजेट आइतबारसम्म आइसक्नेछ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ३३ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान