जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीति आवश्यक : स्वास्थ्यमन्त्री « Khabarhub

जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीति आवश्यक : स्वास्थ्यमन्त्री


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  नेपाल सरकारबाट हालै राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए ।

’नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने ।

नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

’ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले राष्ट्रिय जनसंख्या  नीतिको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र सकारात्मक सुझावको अपेक्षा गर्दै विश्व जनसंख्या दिवसको सन्देशलाई साकार पार्न हामी सबैको साझेदारी तथा समन्वयको अपेक्षा गरेको छु। नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान पनि गरेका छन्  ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ३४ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र